Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री ओलीले बेसारपानी खान उर्दी गर्दागर्दै संसदमा गगनले थचारिने गरि ओलीलाई दिए दनक

प्रधानमन्त्री ओलीले बेसारपानी खान उर्दी गर्दागर्दै संसदमा गगनले थचारिने गरि ओलीलाई दिए दनक


  • 9.3K
    Shares

    प्रधानमन्त्री ओलीले बेसारपानी खान उर्दी गर्दागर्दै संसदमा गगनले थचारिने गरि ओलीलाई दिए दनक
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।

    उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । "हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ," उनले भने ।

    उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।

    अर्को प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे । 

    ओलीले यसरी भाषण गरेकै समयमा कांग्रेस सांसद गगन थापाले संसदमा उनै ओलीको उछितो काडीरहेका थिए। संसदको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन  प्रधानमन्त्रीलाई निम्तो दिएका छन् ।

    बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताउँदै  तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई संसदमा निम्तो दिएका हुन् ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १५:०३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij