२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन् । पछिला दिनमा कोरोना संक्रमितको संख्यामा बढोत्तरी आउन थालेपछि सजकता अपनाउन सरकारी स्तर बाट अभियान चल्न थालेको छ ।
आज आयोजित नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओली भारतमा १ लाखभन्दा बढी सक्रमित बढेको भन्दै सचेतना अपनाउन सबैलाई आग्रह गरे ।
‘भारतमा अत्याधिक मात्रामा संक्रमितको संख्या बढेको छ र नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ,’ ओलीले भने, ‘हामीले सावधानी अपनाएनौं भने सरकार फेरि लकडाउन गर्न बाध्य हुनेछ ।’
सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको प्रष्ट पादै प्रधानमन्त्री ओलीले सबैलाई स्वास्थ मापदन्ड अपनाउन आग्रह गरे । सरकार बाध्य भए मात्र लकडाउन गर्ने उनको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij