Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अर्थ

सुनको मूल्य आज फेरि तोलामा २६ सयले घट्यो

सुनको मूल्य आज फेरि तोलामा २६ सयले घट्यो


  • 5.1K
    Shares

    सुनको मूल्य आज  फेरि तोलामा २६ सयले घट्यो
    images

    काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । 

    यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो भने जुन दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो । 

    यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०८१ मंगलवार - ११:०७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij