Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई जिताउन पूर्ण बस्नेतको अपिल

स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई जिताउन पूर्ण बस्नेतको अपिल


  • 1.7K
    Shares

    स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालका उम्मेदवारलाई जिताउन पूर्ण बस्नेतको अपिल
    images

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गरी जिताउन जनता समाजवादी पार्टी (जसपा) नेपालले अपिल गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहदेखि नै सुशासनको जग बसाल्न जसपा नेपालका उम्मेदवारलाई उपनिर्वाचनमा विजयी गराउन आह्वान गरेका हुन् ।

    स्थानीय तहका चूनौति, सम्भावना र जसपा नेपालको प्रतिबद्धता सम्बन्धमा आफ्ना धारणा राख्दै बस्नेतले आफ्नो पार्टीका जनप्रतिनिधिले सरल र सहज रुपमा प्रशासनिक सेवा प्रदान गर्ने मात्र नभएर स्थानीयहरुको आय स्रोत बढाउने र लगानी मैत्री वातावरण तयार पार्ने कामसमेत गर्ने बताएका छन् ।

    बस्नेतले स्थानीय तहको आर्थिक तथा सामाजिक विकासलाई दीगो बनाउन दिर्घकालीन सोच र उद्देश्यमा स्पष्टता, लक्ष्यहरुको किटान र ती लक्ष्यहरु हासिल गर्न आवश्यक नीतिगत व्यवस्था र कार्यक्रमिक योजनाहरु निर्माणमा जोड दिइने बताएका छन् ।

    सुशासन र प्रभावकारी सेवा प्रदान गर्ने, लगानीका स्रोत, भौतिक पूर्वाधार निर्माण, स्थानीय अर्थतन्त्र निर्माण, वातावरण सम्बन्धी, स्थानीय लोकतन्त्र सुदृढीकरण र सामाजिक जागरणलगायतका स्थानीय तह सञ्चालनमा पार्टीको नीति, योजना तथा कार्यक्रमहरु रहेको उनले बताए ।

    साथै स्थानीय तहका योजना तथा कार्यक्रमहरुमा समावेशी विकास, महिला, दलित, अल्पसंख्यक, शारीरिक अशक्तता भएका समुदायको उत्थान, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकास, ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था, भौतिक पूर्वाधार विकासलगायत रहेको उनले दाबी गरे ।

    जसपा नेपालले उपनिर्वाचनमा किर्तिपुर नगरपालिका प्रमुख, ग्रामथान गाउँपालिका अध्यक्ष गरी बाह्र स्थानका लागि उम्मेदवारी मनोनयन दर्ता गराएको छ । 

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - १७:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij