Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता

सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता


  • 1.5K
    Shares

    सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता
    images

    काठमाडौं । मंसिर ५ गतेदेखि सहकारी पीडितहरूले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ऐक्यबद्धता जनाएको छ ।

    मंगलबार कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएका हुन् । 

    रास्वपाले बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नागरिकहरूमा आग्रह समेत गरेको छ । 

    ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन् । फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाले बताउँदै आएको छ ।j_ucRMfqDfHJ.webp

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - १६:२३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij