Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त


  • 1.2K
    Shares

    पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

    “सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुंगानाको भूमिका सदैव स्मरणीय रहनेछ,” गौतमले विज्ञप्तिमा भनेका छन् ।

    आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा उनको निधन भयो । ढुंगाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि थिए । आज सरकारले उनको निधनमा शोक मनाउँदै सार्वजनिक बिदासमेत दिएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८१ सोमवार - १५:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij