२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij