Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कीर्तिपुरमा कांग्रेसका तर्फबाट डंगोल, महर्जन र बानियाँले दिए उमेदवारी

कीर्तिपुरमा कांग्रेसका तर्फबाट डंगोल, महर्जन र बानियाँले दिए उमेदवारी


  • 2.8K
    Shares

    कीर्तिपुरमा कांग्रेसका तर्फबाट डंगोल, महर्जन र बानियाँले दिए उमेदवारी
    images

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । उनी कांग्रेसका कीर्तिपुर नगर सभापति हुन् ।

    ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट इच्छा महर्जनले उमेदवारी दर्ता गराएका छन् । ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हिरालाल महर्जनको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट राजेन्द्र बानियाँले उमेदवारी दिएका छन् । बानियाँ ०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षको उमेदवार बनेर पराजित भएका थिए । ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्षमा निर्वाचित श्यामकुमार अधिकारीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।

    प्रकाशित मिति :मंसिर २ २०८१ आइतवार - १५:५२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij