२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । रविलाई पोखरामा बयान गराएर मंगलबार रुपन्देही ल्याइएको थियो ।
रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको झाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij