Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

जागरण सभाका नाममा शक्ति प्रदर्शन

मंसिर ७ गते काठमाडौंमा एमाले आमसभा गर्ने

मंसिर ७ गते काठमाडौंमा एमाले आमसभा गर्ने


  • 2.5K
    Shares

    मंसिर ७ गते काठमाडौंमा एमाले आमसभा गर्ने
    images

    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ ।

    महासचिव शंकर पोरखेलको उपस्थितिमा बसेको बैठकले आमसभा आयोजना गर्न बागमती प्रदेशको इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको हो।

    काठमाडौँमा हुने सभाको  एमालेका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गर्ने छन्। आमसभाको उदेश्यबारे विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको यो जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्देश्य लिएको छ।’

    सरकारको नेतृत्वमा पुगेपछि एमालेले पहिलोपटक आमासभा आयोजना गर्न लागेको हो। यसअघि विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विरोधसभा आयोजना गरेका थिए।

    प्रकाशित मिति :कार्तिक २९ २०८१ बिहिवार - १५:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij