Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत, ३९ हजार मतदाता थपिए

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत, ३९ हजार मतदाता थपिए


  • 1.6K
    Shares

    उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत, ३९ हजार मतदाता थपिए
    images

    काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । जसअनुसार अद्यावधिक विवरणअनुसार देशभर कुल ३९ हजार ८४९  मतदाता थप भएका छन् । 

    यस्तै उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् । 

    ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । 

    उनका अनुसार आयोगको सोमबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी वेबसाइटमा प्रकाशन गरिएको हो ।  स्वीकृत मतदाता नामावली बमोजिम मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी कूल १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको उनले बताए । 

    प्रदेशगत रुपमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् ।

    त्यसैगरी जिल्लागत रुपमा सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छन् । मङ्सिर १६ गते ४४ पदका लागि उपनिर्वाचन हुँदै छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०८१ मंगलवार - ११:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij