Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विदेशीका अगाडि लमतन्न पर्दै ओलीले आत्मसमर्पण गरेको ठहर सहित प्रचण्डले खोले यस्तो नयाँ पोल 

विदेशीका अगाडि लमतन्न पर्दै ओलीले आत्मसमर्पण गरेको ठहर सहित प्रचण्डले खोले यस्तो नयाँ पोल 


  • 7.0K
    Shares

    विदेशीका अगाडि लमतन्न पर्दै ओलीले आत्मसमर्पण गरेको ठहर सहित प्रचण्डले खोले यस्तो नयाँ पोल 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । आज  सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गरे ।

    केपी ओलीले संविधान च्यात्ने काम सुरु गरेको उनको अ‍ारोप छ । कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए ।

    'केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो,' उनले भने ।

    त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले-एमाले र माओवादी-माओवादी भनेर भन्न नुहेने कुरा गरेको प्रचण्डको दाबी छ । 
    उनले अब जनताको तागतले नै आफू काठमाडौंमा बसेर शक्ति निर्माण गर्ने पनि बताए । पछिल्ला दिनमा प्रचण्ड आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १६:३२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij