Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

समाचार

पक्राउसँगै पूर्वमन्त्री लीलाबल्लभ अधिकारी सांसदबाट निलम्बित, संसद सचिवालयले सूचना टाँस्दै

पक्राउसँगै पूर्वमन्त्री लीलाबल्लभ अधिकारी सांसदबाट निलम्बित, संसद सचिवालयले सूचना टाँस्दै


  • 1.9K
    Shares

    पक्राउसँगै पूर्वमन्त्री लीलाबल्लभ अधिकारी सांसदबाट निलम्बित, संसद सचिवालयले सूचना टाँस्दै
    images

    काठमाडौं । कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गर्ने तयारी गरेको छ ।

    एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै संसद् सचिवालयले सूचना टाँस गर्ने तयारी गरेको हो । जापान काण्डमा मुछिएपछि अधिकारीलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

    मानव बेचबिखन अन्तरगत अनुसन्धानका लागि हिरासतमा राखी अनुसन्धान गर्न अदालतबाट अनुमति पाएसँगै उनको दल नेकपा एमालेले हिजै अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सँगै अधिकारीको पक्राउबारे प्रहरीले प्रदेशसभाका सभामुखलाई मौखिक जानकारी दिइसकेको छ ।

    आज लिखित जानकारी आएकाले सूचना टाँस गर्ने तयारी भएको संसद् सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए । संसद् सचिवालयमा सूचना टाँस भएसँगै अधिकारीको संसद् पद स्वतः निलम्बन हुने छ ।

    संसद् नचलेको अवस्थामा प्रदेश सभाका कुनै सदस्य पक्राउ परेमा त्यसको सूचना प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने कानुनी व्यवस्था छ । सो कुराको जानकारी सभामुखलाई भएसँगै संविधानको व्यवस्था अनुसार प्रहरीले प्रदेशसभालाई अधिकारी पक्राउ गरेको सूचना दिइसकेको छ ।

    प्रकाशित मिति :कार्तिक २६ २०८१ सोमवार - १३:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij