Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

काठमाडौं १६ वडाको अध्यक्षमा मुकुन्द रिजाल पत्नीको दाबी

काठमाडौं १६ वडाको अध्यक्षमा मुकुन्द रिजाल पत्नीको दाबी


  • 2.6K
    Shares

    काठमाडौं १६ वडाको अध्यक्षमा मुकुन्द रिजाल पत्नीको दाबी
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षका लागि नेपाली कांग्रेसबाट ४ जनाको सशक्त दाबी परेपछि निर्णय हुन सकेको छैन । वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

    एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसबाट रिजाल पत्नी कविता रिजालले दाबी गरेकी छन् । उनले आफूलाई मेयर बालेन शाहको पनि समर्थन रहने दाबी गरेकी छन् ।

    त्यस्तै वडा सभापति देवेन्द्र पाठक, द्वारिका महर्जन र शिव बोहोराले पनि दाबी छाडेका छैनन् । कांग्रेस युवा नेता तथा क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि दक्ष पौडेलले वडाध्यक्षका लागि दाबेदार चारै जना लोकप्रिय व्यक्ति रहेको र जसले टिकट पाए पनि आफूहरु जिताउन लाग्ने बताए ।

    २०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसका मुकुन्द रिजाल वडाध्यक्ष निर्वाचित भएको यो वडा महानगरकै ठूलो मानिन्छ । हाल रिजालको निधनपछि एमालेका पुष्प महर्जन कार्यवाहक वडाध्यक्ष छन् । रिजालबाहेक चार वडा सदस्यमा एमालेले जितेको थियो ।

    प्रकाशित मिति :कार्तिक २४ २०८१ शनिवार - २१:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij