Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

मानव तस्करी मुद्दामा जोडिएका सांसद एमालेबाट निलम्बित

मानव तस्करी मुद्दामा जोडिएका सांसद एमालेबाट निलम्बित


  • 1.6K
    Shares

    मानव तस्करी मुद्दामा जोडिएका सांसद एमालेबाट निलम्बित
    images

    काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    “...त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ, त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबैखाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,” सचिवालय बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ।

    प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्नेमा उनी आफूखुसी जापान गएको पाइएको थियो । उनीसँगै तीनजना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।

    संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी यही कात्तिक १३ गते जापान गएका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । नेपाल फर्कनासाथ उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    प्रकाशित मिति :कार्तिक २४ २०८१ शनिवार - १७:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij