Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

न्युयोर्कको एक भवनमा भीषण आगलागी, २१ जना घाइते

न्युयोर्कको एक भवनमा भीषण आगलागी, २१ जना घाइते


  • 7.3K
    Shares

    न्युयोर्कको एक भवनमा भीषण आगलागी, २१ जना घाइते
    images

    अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा रहेको एक भवनमा मंगलवार भीषण आगलागी हुँदा २१ जना घाइते भएका छन् । ३५० भन्दा बढी अग्निनियन्त्रक आगो निभाउनका लागि खटिएका थिए । 

    घाइते हुनेमा १६ जना अग्निनियन्त्रक र पाँचजना सर्वसाधारण रहेको फायर डिपार्टमेन्ट अफ न्युयोर्कका डेपुटी असिस्टेन्ट चीफ माइकल गालाले बताए । कसैलाई पनि गम्भीर चोटपटक भने लागेको छैन । 

    उक्त भवनमा १५० वटा अपार्टमेन्ट छन् । आगोका कारण लगभग २४० जना विस्थापित भएको गालाले बताए । रेडक्रसले आगो छैटौं तल्लामा रहेको एक अपार्टमेन्टबाट शुरू भएको थियो । त्यसपछि त्यो क्रमशः माथिका तल्लाहरूमा चढ्दै गयो । 

    आगो लागेको अपार्टमेन्टका मानिस ढोका खोलेर भागेपछि आगो फैलिएको बताइएको छ । आगोले भवनको एक भाग पूरै क्षतिग्रस्त पारेको छ । 

    आगलागीको भिडियोमा ज्याकसन हाइट्समा रहेको रातो घरको छतबाट धूवाँ निस्किएको देखिन्छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १३:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij