Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँ प्रभु साहले प्रचण्डलाई किन भने अपराधी ?

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँ प्रभु साहले प्रचण्डलाई किन भने अपराधी ?


  • 17.2K
    Shares

    ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँ प्रभु साहले प्रचण्डलाई किन भने अपराधी ?

    काठमाडौँ । शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन् ।

    मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफुलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए ।

    तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केही पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।

    ‘मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?’ मन्त्री साहले भने, ‘जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।

    आफुलाई मत दिने रौतहट क्षेत्र नम्बर ३ का एक जना मतदाता पनि आफुबाट नाखुस नभएको मन्त्री साहले बताए ।

    आफ्नो प्रभावले एक मत पनि बढाउन नसक्ने प्रचण्ड हजारौँ मतदाताको साथबाट निर्वाचित सांसद पदको मालिक हुन खोज्नु हास्यास्पद रहेको मन्त्री साहको जीकिर छ । सांसद पदबाट हटाउने प्रचण्डको कदम निरंकुताको पराकाष्टा भएको मन्त्री साहको भनाई छ ।

    जनमतको अपमान गर्ने प्रचण्डलाई चुनावमार्फत आफ्नो असली हैसियत देखाउनसमेत मन्त्री साहले चुनौती दिए । चुनावको नामबाट मात्र आफु आतंकित हुने प्रचण्डहरुले छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनावमा सहभागी भए प्रचण्डको हैसियत थाहा हुने उनको भनाई छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १२:२६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij