Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा : प्रभु साह

प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा : प्रभु साह


  • 6.4K
    Shares

    प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा  : प्रभु साह

    काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रले आफूलाई सांसद पदबाट हटाउनुलाई लोकतन्त्रको उपहास भनेर टिप्पणी गरेका छन् ।

    सर्वोच्च अदालतले एकीकरण गरि बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई अमान्य घोषित गरेपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।

    त्यसपछि माओवादी केन्द्रबाट सांसद रहेका साहसहित गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी लगायतका नेकपा एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्रले मंगलबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारवाही गर्दै सांसद पदबाटै हटाउने निर्णय गरेको थियो ।

    मन्त्री साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कदमलाई लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भनेका हुन् ।

    निर्वाचन जित्न साझा घोषणा पत्रमा एमालेसँग सहकार्य गरेको र माओवादी केन्द्रले अझै पनि एमाले सरकारलाई समर्थन गरिरहेको भन्दै उनले जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले नसुहाउने समेत बताएका छन् ।

    'निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन्' उनले उल्लेख गरेका छन् ।

    प्रचण्डले प्राविधिकरकानूनी आडमा चालेको कदम जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत रहेको भन्दै साहले क्रियाशील सांसदहरुको पदमाथि अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य भएको बताए ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १०:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij