Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डको कारबाहीमा किन परेनन् बादल ?

प्रचण्डको कारबाहीमा किन परेनन् बादल ?


  • 9.0K
    Shares

    प्रचण्डको कारबाहीमा  किन परेनन्  बादल ?

    काठमाडौं । पार्टी छाडेका सांसदहरुलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पत्राचार गरी सांसद पद नै नरहने गरी निष्काशन गरेको पत्र पठाएको छ ।

    निष्काशितहरुमा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशंकर चौधरी छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।

    चारजना सांसदमाथि कारबाही गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारबाही गरेको छैन । बादल माओवादी केन्द्र छाडी नेकपा एमालेमा बागमती प्रदेश कमिटीका संयोजक पदमा छन् । उनी राष्ट्रिय सभा सांसद पनि हुन् । माओवादी केन्द्रका तर्फबाट सांसद बनेका बादलमाथि कारबाही नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

    कारबाहीको पत्रमा बादलको नाम नरहेपछि धेरैको चासो बढेको छ । उनी कतै माओवादी केन्द्रमै फर्कने सम्भावना त होइन ? तर, बादलले प्रचण्डको चर्को आलोचना गर्दै आएका छन् । उनको फर्कने सम्भावना कम छ । बादललाई अर्को चरणमा कारबाही गर्ने सम्भावना पनि रहेको बुझिएको छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १८:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij