२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । ओली सरकारका ६ मन्त्रीलाई कारबाही ठोकेर प्रचण्ड पश्चिम नेपाल हान्निएका छन् ।
कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । आजै सचिवालयमा पत्र दर्ता हुँदैछ।
पत्र प्रमुख सचेतक देब गुरूङले तयार पारिरहेको ती नेताले जानकारी दिए । ४ सांसद सहित माओबादी छोडेर एमाले भएका ओली सरकारमा ६ मन्त्री छन् । सांसद नभएको व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने कानूनी ब्यबस्था छ ।
माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दाबा तामाङ रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij