Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सरकारले जसपालाई भराउन थाल्यो फाराम, महन्थलाई प्रधानमन्त्री बनाउन ओलीले खाए कसम 

सरकारले जसपालाई भराउन थाल्यो फाराम, महन्थलाई प्रधानमन्त्री बनाउन ओलीले खाए कसम 


  • 8.3K
    Shares

    सरकारले जसपालाई भराउन थाल्यो फाराम, महन्थलाई प्रधानमन्त्री बनाउन ओलीले खाए कसम 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई फेरि प्रधानमन्त्रीको लोभ देखाएका छन् । ओलीले जसपाका कार्यकर्ताहरुमाथि लगाएका मुद्दासमेत फिर्ता लिने प्रक्रिया अघि बढाएका छन् ।

    प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुर एक्लै आइतबार साँझ प्रधानमन्त्री निवास बालुबाटार पुगेका थिए । त्यसदिन बिहान ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको भेट भएको थियो । ठाकुरलाई भेट्न पौडेल ठाकुर निवास सानोठिमी पुगेका थिए । 

    प्रधानमन्त्रीसँगको भेटमा ओलीले ठाकुरलाई आफू पछि सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको जसपाका नेताहरु बताउँछन् । जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको दाबी गरे । 

    ‘प्रधानमन्त्रीज्यूले हाम्रो अध्यक्षज्यूलाई सरकारको नेतृत्व गर्न फेरि प्रस्ताव गर्नु भएको छ’ सुमनले भने ‘साथै हाम्रा माग पूरा गर्न प्रतिबद्धता पनि गर्नु भएको छ ।’ सरकारले मधेश आन्दोलनको क्रममा जसपाका कार्यकर्ताहरुमाथि लगाएका मुद्दा फिर्ता लिन तथा बन्दी रिहाइ  तथा मुद्दा फिर्ता सम्बन्धी कार्याविधिसमेत पास गरेको छ ।  

    जसपा स्रोतका अनुसार गृह मन्त्रालयले जसपालाई फाराम भर्न लगाएको छ । फाराममा कुन मुद्दा कहिले दर्ता गरिएको, कहाँ दर्ता गरिएको, हाल मुद्दाको स्थिति कस्तो छ भनी विस्तृत जानकारी खुलाउनु पर्ने छ । जसपाका अनुसार मधेस आन्दोलनको क्रममा सरकारले २८२ व्यक्तिलाई मुद्दा लगाएको छ । 

    ८६ थान मुद्दामा २८२ व्यक्तिलाई प्रतिवादी बनाइएको जसपाका नेताहरु बताउँछन् । जसपाका अनुसार मधेस आन्दोलनको क्रममा करिब ५० जना व्यक्ति हाल विभिन्न जेलमा छन् । जसपाका सांसद रेशम चौधरीको रिहाइको मागलाई जसपाले पार्टीको प्रमुख एजेण्डा बनाएको छ । 

    सरकारले सजिलैसँग पूरा गर्न सक्ने अर्को एजेण्डा भनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग हो । मन्त्रिपरिषद्को बैठकले यो माग सजिलैसँग पूरा गर्न सक्छ । यसैगरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लैजान सक्छ । सरकारले माग गर्न पूरा गर्न प्रक्रिया अघि बढाएपछि जसपाको एउटा पक्ष प्रधानमन्त्री ओलीसँग निकट देखिएको छ । 

    जसपाका एक पदाधिकारीले भने, ‘अहिले ठाकुरज्यूलाई दुवैतिर लड्डु छ । प्रधानमन्त्रीज्यूले माग पनि पूरा गर्ने सरकारको नेतृत्व गर्न प्रस्ताव पनि गर्नु भएको छ ।’ ती पदाधिकारीले भने, ‘ठाकुरज्यूलाई माओवादी केन्द्र र नेपाली कांग्रेसबाट पनि यस्तो किसिमको आसय आउने गरेको छ । तर प्रधानमन्त्रीज्यूले भने प्रष्टसँग म पछि यो कुर्सीमा तपाई बस्नु पर्ने स्थिति आउन सक्छ भन्नु भएको छ ।’

    पछिल्लो समय ठाकुर ओलीसँग निकट भएका छन् । यस अवधिमा उनले ओलीसँग पटक पटक संयुक्त र एक्ला एक्लै भेटघाट गर्ने भएको छ । तर जसपाका अर्को पक्ष भने  ओलीसँग मिलेर सरकार बनाउने लाइनमा सशक्त  विरोधमा उभिएको छ ।  

    यसको नेतृत्वमा उपेन्द्र यादवले गरेका छन् । यादवलाई जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले साथ दिएका छन् । तर पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु अहिले ठाकुरसँग निकट देखिएका छन् । पार्टी भित्रको यस विवादमा महन्थ नै बहुमतमा देखिएका छन् ।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १४:५५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij