Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने

चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने


  • 1.9K
    Shares

    images

    काठमाडौं । फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले प्रिमियर भएको फिल्म नेपालमा भने ‘राजागन्ज’को नामबाट प्रदर्शन हुन लागेको हो ।

    फिल्मको निर्माता रामबाबु गुरुङ, दयाहाङ राई र बलिउड निर्माता निर्देशक अनुराग कश्यप हुन् । फिल्मलाई टी फेक्स र ब्याङ्कटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा वितरण गर्न लागेका हुन् । 

    फिल्मको निर्देशन दीपक रौनियारले गरेका हुन् । रौनियारले यसअघि ‘हाइवे’ र ‘हइट सन्’ निर्देशन गरेका थिए । 

    थ्रिलर कथामा निर्माण भएको फिल्ममा महिला कलाकारमा आशा मगराती, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, रिकु गायत्री झा र पुरुष कलाकारमा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्रा र परमेश्वर झाको अभिनय रहेको छ ।

    फिल्म आर्ट र कमर्सको उत्कृष्ट संगम रहेको अभिनेता दयाहाङ राई बताउँछन् ।

    प्रकाशित मिति :कार्तिक ६ २०८१ मंगलवार - १२:५२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij