Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मन्त्रिमण्डल गठनको गृहकार्य सुरु, चर्चामा यी अनुहार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मन्त्रिमण्डल गठनको गृहकार्य सुरु, चर्चामा यी अनुहार


  • 1.6K
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मन्त्रिमण्डल गठनको गृहकार्य सुरु, चर्चामा यी अनुहार

    काठमाडौं । नयाँ सरकार गठनको गृहकार्य भइरहँदा मन्त्रालय बाँडफाँटबारे छलफल समेत तीव्ररुपमा भएको छ । गृह, अर्थ, परराष्ट्र र शिक्षा लगायतका मन्त्रालयहरु कसले पाउने भन्ने रस्साकस्सीबिच अहिले सम्भावित उम्मेदवारबारे छलफल भइरहेको छ । 

    वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने सरकारमा शिक्षामन्त्रीका लागि ३ जनाको नाम चर्चामा आएको छ । बालेन निकट स्रोतका अनुसार छलफलमा पूर्व शिक्षामन्त्री महावीर पुन, बालेनका पूर्व शिक्षा सल्लाहकार सस्मित पोखरेल र कैलाली ५ का सांसद आनन्द चन्दको नाम चर्चामा आएको हो ।

    सस्मित पोखरले काठमाडौं महानगरमा शैक्षिक सुधारमा काम गरेको दाबी रहेको छ भने आनन्द चन्दले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका छन् । चन्दले पाटन क्याम्पसमा १७ वर्ष भन्दा बढी उपप्राध्यापक काम गरेका छन् । 

    स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम मात्रै चर्चामा छ । परराष्ट्र मन्त्रीको रोस्टरमा तीन जनाको नाम चढेको छ । शिशिर खनाल, डा.तारा जोशी र कमलदेव सुवेदीलाई अहिले सम्भावित मन्त्रीको सूचीमा राखिएको स्रोतले जनाएको छ । 

     

     

    images
    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १४:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij