२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी छाडेर एमालेमा गएका सात मन्त्रीसहित दुई दर्जन नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।
जसमा सांसदसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, उर्जा जलश्रोतमन्त्री टोपबहादुर रायमाझीलाई कारबाहीस्वरुप पार्टीबाट निष्काशन गर्ने निर्णय भएको छ ।
यस्तै सांसद नरहेका दुई मन्त्रीलाईसमेत कारबाही गर्ने निर्णय भएको छ । जसमा खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणिचन्द्र थापा रहेका छन् ।
यस्तै माओवादी त्यागेर एमालेमा गएका २३ जना नेताहरुलाईसमेत कारबाही गर्नेगरि पत्र तयार भइरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
कारबाही गरिनेमध्ये पाँच मन्त्रीलाई भने सांसद पदबाटसमेत निष्काशन गर्ने माओवादीले निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठले कारबाही गरिएको पत्र आजै उनीहरुलाई पठाउने पनि जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij