Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका तीनैजना प्रतिस्पर्धी ठाँटिएर अर्थमा पुगे, अन्तर्वार्ता नदिएरै फर्के 

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका तीनैजना प्रतिस्पर्धी ठाँटिएर अर्थमा पुगे, अन्तर्वार्ता नदिएरै फर्के 


  • 2.9K
    Shares

    धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका तीनैजना प्रतिस्पर्धी ठाँटिएर अर्थमा पुगे, अन्तर्वार्ता नदिएरै फर्के 

    काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तय गरिएको अन्तर्वार्ता स्थगित भएको छ । 

    छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि अर्थ मन्त्रालयमा बोलाइएको थियो । तर, आज पनि तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

    सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी अस्वस्थ रहेकोले अर्को सूचना जारी नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । 

    बोर्डको अध्यक्ष पदका लागि नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की संक्षिप्त सूचीमा समावेश छन् । 

    यसअघि सर्टलिस्टमा परेर पनि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

    नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरू गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो ।

    सर्वोच्चले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो ।

    यहीअनुसार सर्ट लिस्टमा परेका पाँचजना मध्यबाट नै अध्यक्ष छनोट गर्न समितिले पहल गरेको छ । बोर्ड गत पुस २१ गतेबाट कार्यकारी अध्यक्षको भरमा छ । 

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - ११:५२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij