२०८२ पौष १६ गते बुधवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’
समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
लामिछानेले भने, ‘अहिले सार्वजनिक चासोमा आउनुभन्दा अघि नै यो चाहीँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौं । किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौं ।’
यस्तै कारणले केही समस्या भएको हुनसक्ने र भएको भए पनि त्यसलाई रिभ्यू गरिने उनले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij