Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

प्राधिकरणका कर्मचारीलाई मन्त्री सिन्हाको निर्देशनः दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्नूस्

प्राधिकरणका कर्मचारीलाई मन्त्री सिन्हाको निर्देशनः दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्नूस्


  • 1.0K
    Shares

    प्राधिकरणका कर्मचारीलाई मन्त्री सिन्हाको निर्देशनः दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्नूस्

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले हरेक दिन यात्रुहरुले विमानस्थलमा समस्या व्योहोरिरहेको भन्दै विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिएका हुन्।

    उनले सामान्य यात्रुको हैसियतले आफूले पटक–पटक काठमाडौंसहित विभिन्न विमानस्थलको यात्रा गरेको अनुभव सुनाउँनुहुँदै विमानस्थल प्रवेशदेखि बाहिर निस्किँदासम्म यात्रुले सास्ती खेप्नुपरेको बताएका छन्। उनले विमानस्थलमा दिने सेवाको गुणस्तरको सुधार देखावटी र कस्मेटिक मात्र भएको उल्लेख गरेका छन् ।  दुई महिनाभित्र सेवा सुधार गर्न कर्मचारीहरुलाई नर्देशन समेत दिएका छन् । 

    आफू चुनावी सरकारको मन्त्री भएकोले काम गर्ने समय धेरै रहेको उल्लेख गर्नुहुँदै उनले दुई महिनाभित्रमा विमानस्थलको सेवामा सुधार ल्याउन निर्देशन दिएका छन् । मन्त्री सिन्हाले क्यानको लेखा प्रणालीप्रति पनि असन्तुष्टि जनाए र क्यानको सम्पत्ति र खर्चको स्पष्ट अभिलेखन आफूले पाउन नसकेको उनको भनाई छ । 

    पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा क्यानले ठोस कार्ययोजना ल्याउन नसकेकोमा पनि असन्तुष्टी जनाएका छन्। पोखरा विमानस्थलमा हिमालयन एयरलाइन्सको एउटा विमान अवतरण हुँदा ताली बजाउने मात्रै काम भएको उनको भनाई छ । काठमाडौं बाहेक अन्य विमानस्थलसँग आन्तरिक तथा अन्तर्राष्ट्रिय अन्तरआवद्धता कसरी बढाउने भन्ने विषयमा ठोस पहल गर्न उनले निर्देशन दिएका छन् । 

    images
    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १३:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij