२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा लाईक–फ्लोर्स घटेको छ ।
केही समयअघि काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध अभिव्यक्ति दिएयता थप लाईक–फ्लोर्स घटेको हो ।
प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुक पेज हाल 609k मा झरेको छ भने लाइक, कमेन्ट्स, शेर पनि घट्नेक्रम रोकिएको छैन ।
त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सामाजिक सञ्जाल फेसबुकमा लाईक–फ्लोर्स बढ्दै गएको छ ।
उनको फेसबुक पेज हाल ओलीको पेजलाई उछिनेर 612k मा पुगेको छ । लाईक–फ्लोर्सका आधारमा हेर्ने हो भने ओलीभन्दा प्रचण्डको लोकप्रियता बढ्दै गएको आकलन गर्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij