Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली संग टास्सिएका सांसदलाई प्रचण्डले हान्न थाले कोर्रा, सांसद पद गुमाउनेको संख्या कति पुग्यो ?

ओली संग टास्सिएका सांसदलाई प्रचण्डले हान्न थाले कोर्रा, सांसद पद गुमाउनेको संख्या कति पुग्यो ?


  • 11.0K
    Shares

    ओली संग टास्सिएका सांसदलाई प्रचण्डले हान्न थाले कोर्रा, सांसद पद गुमाउनेको संख्या कति पुग्यो ?

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको शरणमा पुगेर पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ ।

    मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ ।

    गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

    आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।

    नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।

    त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले संसद पद गुमाउने भएका छन् ।

    सोमबार बस्ने प्रदेशसभा बैठकमा सभामुखले उनीहरुमाथि कारबाहीको पत्र पढेर सुनाउने भएका हुन् । माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु पछिल्लो समय नेकपा एमालेमा सामेल भएसँगै माओवादी केन्द्रले उनीहरुमाथि कारबाही गर्दै प्रदेशसभालाई चिठी पठाएको थियो ।

    सोमबार बस्ने बैठकमा सभामुखले सो पत्र पढेर सुनाउने कार्यसूचि रहेको प्रदेशसभाका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । माओवादी केन्द्र परित्याग गरेको सांसदद्वय न्यौपाने र पन्थी पछिल्लो समय एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

    एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले प्रदेशसभा नियमावलीको दफा १९० अनुसार कारबाही प्रयोजनका लागि प्रदेशसभामा पत्र पठाएको हो ।

    सोही नियमावलीको दफा १९२ मा ‘दल त्यागको सूचना सभाको बैठकलाई दिएमा वा त्यस्तो सूचना सचिवालयको सूचना पाटीमा टाँस भएमा त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिने’ उल्लेख छ ।

    सोही दफाअनुसार सांसदद्वय न्यौपाने र पन्थीको पद सोमबारबाट रिक्त हुने भएको हो । उता कर्णाली प्रदेशका धर्मराज रेग्मी पनि ओलीकै शरणमा पुगेपछि साम्सद गुमाउने अबस्थामा पुगेका हुन्।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १२:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij