Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घण्टौँ कुर्सीमा बसिरहनु हुन्छ ? निम्त्याउन सक्छ यस्ता रोग

घण्टौँ कुर्सीमा बसिरहनु हुन्छ ? निम्त्याउन सक्छ यस्ता रोग


  • 2.8K
    Shares

    • images
    घण्टौँ कुर्सीमा बसिरहनु हुन्छ ?  निम्त्याउन सक्छ यस्ता रोग
    images

    काठमाडौं । आजको डिजिटल युगमा प्रायः हरेक पेसाका मानिसहरू कुर्सीमा बसेर लामो समयसम्म काम  गरिरहन्छन् । यसरी बस्नु उनीहरूको शोख होइन, बाध्यता हो ।

    घरबाट काम गर्नु परोस् वा अफिसबाट सातदेखि आठ घण्टा कुर्सीमा बस्नैपर्छ । लामो समय कुर्सीमा बसिराख्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसो गर्नु भनेको धेरै रोगलाई निम्तो दिनु हो । धेरैबेर कुर्सीमा बसेर काम गर्दा के–कस्ता रोगले असर गर्छ रु के के उपायहरू अपनाएर आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ आजको लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ।

    लामो समय कुर्सीमा बस्दा हुन सक्ने समस्याहरू

    गर्दनमा पीडा
    लामो समय कुर्सीमा बसिरहँदा ढाड र घाँटीमा समस्या हुन सक्छ । लामो समयसम्म बस्दा मेरुदण्डमा दबाब पर्न सक्छ ।

    काँध अररो हुन्छ
    लामो समयसम्म कुर्सीमा एउटा पोजिशनमा बस्दा काँध अररो हुन्छ । केही समयपछि यो समस्या स्थायी बन्छ ।

    मोटोपना
    लामो समयसम्म बसिरहँदा हाम्रो शरीरमा क्यालोरी बर्न हुँदैन । जसका कारण तौल बढ्ने सम्भावना उच्च हुन्छ ।

    तनाव
    कुर्सीमा लामो समयसम्म बस्दा मानसिक तनावको समस्या निम्तन्छ । कयौँ पटक डेडलाइन र हतारका कारण काम गरिरहेको समयमा केही मिनेटको ब्रेक पनि लिन नसक्ने स्थितिमा हामी हुन्छौँ । यसले तपाईंको स्वास्थ्यमा गहिरो असर पार्छ । जति बेला पनि थाकेको महसुस भइरहन्छ ।

    कसरी बच्ने ?

    विश्राम लिने
    काम गरिरहेको समयमा हरेक आधारआधा घण्टामा पाँचदेखि १० मिनेटका लागि ब्रेक लिनुपर्छ । यसो गर्दा थकान कम हुन्छ भने शरीरमा रक्तसञ्चार नियमित रहन्छ ।

    सही कुर्सीको चयन
    तपाईं जागिर खान हुन्छ र बसेर गर्नु पर्ने काम गरिरहनु भएको छ भने हरेक दिन सातदेखि आठ घण्टा त कुर्सीमा बस्नैपर्ने हुन्छ । । त्यसैले आफूलाई सजिलो हुने, बसाईको पोजिशनमा सहजता हुने खालको कुर्सीको छनोट गर्नु राम्रो हुन्छ । ताकि ढाडमा समस्या नहोस् । कुर्सी धेरै अग्लो पनि हुनुहुँदैन । पाइतालाले जमिनमा टेकेको हुनु पर्छ ।

    खानपान
    बेला बेलामा पानी पिउने बहानामा भएपनि उठिरहनु होस् । यसो गर्दा मेटाबोलिजम त राम्रो हुन्छ नै शरीरले ताजापन पनि पाउँछ । ब्यागमा केही न न पोषणयुक्त खानेकुरा राखिरहनु होस् । अनि बेला बेलामा खाइरहनु होस् । यसो गर्दा पनि निरन्तर बसिरहँदा हुन सक्ने असर कम गर्न मद्दत मिल्छ ।

    प्रकाशित मिति :आश्विन ८ २०८१ मंगलवार - १२:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij