Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपाले हरियो बत्ति बालेपछि प्रचण्डले स्थायी कमिटी बैठक गरे स्थगित, ओली पछारेर कसले मार्दैछ जीत ?

जसपाले हरियो बत्ति बालेपछि प्रचण्डले स्थायी कमिटी बैठक गरे स्थगित, ओली पछारेर कसले मार्दैछ जीत ?


  • 5.8K
    Shares

    जसपाले हरियो बत्ति बालेपछि प्रचण्डले स्थायी कमिटी बैठक गरे स्थगित, ओली पछारेर कसले मार्दैछ जीत ?

    काठमाडौं । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन बोलाएको माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीसँग वार्ता हुने भएपछि बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

    आइतबार दिउँसो ११ बजेका लागि माओवादीले स्थायी कमिटी बैठक डाकेको थियो। आजको बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे चर्चा चलेको थियो।

    पछिल्लो समय जसपा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि वार्तामा नजिकिएको छ। यही कारणले पनि माओवादीले जसपासँग शीघ्र वार्ताको प्रयास थालेको हो। वार्ताका लागि माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ खटिएका छन्।

    यसअघि माओवादीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकारविरुद्ध कुनै पहलकदमी नलिएको आरोप लगाउँदै आएको थियो। काँग्रेसले शनिवारमात्र नयाँ सरकार गठन गर्न आफूले अग्रसरता लिने निर्णय गरेको छ ।

    यो निर्णयपछि माओवादीले काँग्रेससँग कुनै औपचारिक कुराकानी भने गरेको छैन। यद्यपि माओवादी नेताहरुले टेलिफोनमार्फत नयाँ सरकार गठनका लागि काँग्रेस शीर्ष नेतासँग छलफल गरेको बताइन्छ। काँग्रेसले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। ओलीलाई सत्ताच्यूत गर्न जसपाले संकेत दिएपछि त्यसैका आधारमा भावी रणनिती बनाउन प्रचण्डले बैठक रोकेको केन्द्रका नेताले बताएका हुन्। 

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १२:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij