Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अन्तर्राष्ट्रिय

कल्याणकारी गृहमा यौन शोषण : ४०२ बालबालिकाको उद्धार, १७१ जना पक्राउ

कल्याणकारी गृहमा यौन शोषण : ४०२ बालबालिकाको उद्धार, १७१ जना पक्राउ


  • 1.9K
    Shares

    कल्याणकारी गृहमा यौन शोषण : ४०२ बालबालिकाको उद्धार, १७१ जना पक्राउ
    images

    काठमाडौं । मलेसिया प्रहरीले २० वटा इस्लामिक कल्याणकारी गृहमा छापा मारेर ४०२ बालबालिकाको उद्धार गरेको छ । जसमा एकदेखि १७ वर्ष उमेर समूहका २०१ बालक र २०१ बालिका छन् ।

    समाचार एजेन्सी एपीकाअनुसार, मलेसिया प्रहरीले उद्धार गरिएका बालबालिकामाथि यौन शोषण हुने गरेको दाबी गरेको छ । यी कल्याणकारी गृहहरू ग्लोबल इख्वान सर्भिस एन्ड बिजनेस होल्डिङ्स नामक इस्लामिक व्यापारिक समूहका हुन् ।

    प्रहरी महानिरीक्षक रजाउद्दीन हुसैनले यसमा संलग्न १०५ महिलासहित १७१ संदिग्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा धार्मिक गुरु र कर्मचारी छन् । उनीहरू बालबालिकाको शिक्षा र हेरचाहको जिम्मेवारीमा थिए ।

    कल्याणकारी गृहमा रहेका बालबालिका बिरामी पर्दासमेत उपचार नगरिएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था गम्भीर भएपछि मात्रै अस्पताल लग्ने गरिन्थ्यो । पाँच वर्ष मुनिका बालबालिकालाई गल्ती गरेको भन्दै तातो चम्चाले खुवाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

    मलेसिया सिटी पोस्ट वेबसाइटका अनुसार, ग्लोबल इख्वान ग्रुप किराना, बेकरी, रेस्टुरेन्ट, पोल्ट्री फार्म, ट्राभललगायत धेरै व्यवसायमा संलग्न छ । ग्लोबल इख्वानको चीन, बेलायत, यूएईलगायत २० देशमा शाखा छन् । जसमा पाँच हजारभन्दा बढी कर्मचारी काम गर्छन् । -फक्स३१

    प्रकाशित मिति :भाद्र २७ २०८१ बिहिवार - ११:०८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij