Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देशको राजनीतिले कोल्टो फेरेको छ, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

देशको राजनीतिले कोल्टो फेरेको छ, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड


  • 8.5K
    Shares

    देशको राजनीतिले कोल्टो फेरेको छ, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन्।

    शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका हुन्।

    ‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले भने।

    उनले कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास समेत व्यक्त गरे। ‘देशको राजनीतिले कोल्टो फेरेको छ, तपाईंहरुलाई सबैलाई बधाई छ’, अध्यक्ष प्रचण्डले भने, ‘सम्भवत् अब छिट्टै नयाँ सरकार बन्ने छ, नयाँ परिस्थिति बन्ने छ।’

    ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ। यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ’, प्रचण्डले भने, ‘सबै समस्या नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’

     उनले १० वर्षे जनयुद्ध, मधेस विद्रोहका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण भएको दावी गर्दै जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका लागि धन्यवाद समेत दिए।

    प्रकाशित मिति :चैत्र २१ २०७७ शनिवार - १६:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij