Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रकविको रचनालाई गोपालप्रसाद रिमालको भन्दै प्रधानमन्त्री ओलीले दुनियाँलाई बनाए पंगू 

राष्ट्रकविको रचनालाई गोपालप्रसाद रिमालको भन्दै प्रधानमन्त्री ओलीले दुनियाँलाई बनाए पंगू 


  • 14.7K
    Shares

    राष्ट्रकविको रचनालाई गोपालप्रसाद रिमालको भन्दै प्रधानमन्त्री ओलीले दुनियाँलाई बनाए पंगू 

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एउटा लोकप्रिय कविता पंक्ति उल्लेख गर्न खोजे।

    उनले गीतकार गोपालप्रसाद रिमालको भन्दै ‘ढुंगाको काप फोरेर पनि...’ भन्ने पंक्ति उल्लेख गर्न खोजे। तर पंक्ति राम्ररी सम्झन सकेनन्।

    उनले अन्योल र अस्थिरताका बीच विकासको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै कविता पंक्तिलाई जोड्न खोजे। 
    ‘तपाईंहरुले सुन्नुभएको छ एउटा गीत सायद गोपालप्रसाद रिमालले लेख्नु भएको,’ उनले यति भनेपछि कविता पंक्ति उल्लेख गर्न थालेः

    ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति हुँदैन कहिल्यै..

    अनि भने–बिर्से अहिले।

    एकछिन अलमलिएर कवितालाई पुनः सच्याउन खोजे र भने–
    सिर्जना शक्ति हुँदैन कहिल्यै पनि विफल
    ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल

    अनि मुस्कुराउँदै भने–ढुंगाको काप फोरे पनि पिपल उम्रन्छ, पहरो फोरेर पनि मेलम्चीको पानी ल्याइन्छ।

    खासमा ओलीले उल्लेख गर्न खोजेको यो कविता राष्ट्रकवि माधव घिमिरेको थियो र कविताको पंक्ति यस्तो छ- 
    ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, 
    सृजनाशक्ति कहिल्यै पनि हुँदैन निष्फल 

    यही कवितालाई ३ वर्षअघि एउटा कार्यक्रममा उनले भूपी शेरचनको भनेका थिए। झमककुमारी घिमिरेको जीवनीमा आधारित चलचित्रको प्रिमियर शो कार्यक्रममा उनले उक्तकविता पंक्ति भूपी शेरचनको भएको उल्लेख गरेका थिए।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १६:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij