Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिगमन भनेको के हो भन्दै जंगिएका ओलीले प्रचण्ड र माधव नेपाललाई सिकाए यस्तो सबक 

प्रतिगमन भनेको के हो भन्दै जंगिएका ओलीले प्रचण्ड र माधव नेपाललाई सिकाए यस्तो सबक 


  • 11.7K
    Shares

    प्रतिगमन भनेको के हो भन्दै जंगिएका ओलीले प्रचण्ड र माधव नेपाललाई सिकाए यस्तो सबक 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग प्रतिगमन भनेको के हो भन्दै प्रश्न गरेका छन। एमालेका निलम्बित वरिष्ठ नेता माधवकुमार नेपाल लाई पनि उनले प्रतिगमनको अर्थ लगाउन भनेका छन्। 

    ‘सरकारको ध्यान देश प्रति छ । जनता प्रति छ । देशको हितको रक्षा । सफलताको साथ अगाडि बढ्ने छ,’ मेलम्चीको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जागेको चेतनालाई कसैले पनि प्रतिगमन भयो भनेर स्याल हुइँया मच्चाउने रु प्रतिगमन भनेर जनता अलम्लयाउने ?’ 

    उनले सत्तामा जान नपाएपछि अरुलाई प्रतिगमन भन्ने भन्दै प्रश्न पनि गरे । ‘कोही शासनमा पुग्न पाएन भने सत्तामा भएको प्रतिगमन भइहाल्ने ? अवैध बाटोबाट प्रतिगमन भयो भन्ने ? संविधान मासियो, च्यातियो, संघीयता ध्वसत पार्न आट्यो । यस्ता खालका कुराहरु व्यक्तिगत आकांक्षा परीपूर्ति नहुँदा सरकारलाई दोष दिन मिल्दैन,’ उनले भने । 

    संसद् पुनस्थापना भएपछि संसद्‍को काम अघि नबढाएको भन्दै आपत्ति जनाएका छन् । ‘संसद पुनःस्थापना भयो । न संसद काम अगाडि बढाएको छ । संसद तानातानको थलो बनेको छ,’ उनले भने, ‘स्वार्थको तानातानको थलो संसद बन्न हुदैन । संसद् विकासको काम अघि बढाउने विषयमा छलफल हुनुपर्छ । सरकारलाई काम गर्न दिइएन ।’

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १६:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij