Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

माधव नेपालका सम्धीलाई डण्डा बर्साउने ओलीको तयारी, यी हुन् ओलीको खेदाईमा परेका अरू नाम 

माधव नेपालका सम्धीलाई डण्डा बर्साउने ओलीको तयारी, यी हुन् ओलीको खेदाईमा परेका अरू नाम 


  • 6.9K
    Shares

    माधव नेपालका सम्धीलाई डण्डा बर्साउने ओलीको तयारी, यी हुन् ओलीको खेदाईमा परेका अरू नाम 
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिला दिनमा उग्र बन्दै आफ्नो कुभलो चिताउनेलाई थन्क्याउने रणनितीमा लागेका छन्। उनले छानी छानी कारबाही गर्ने क्रमलाई अभियानकै रूपमा अगाडी बढाएका छन्। 

    १५ बर्ष सम्म नेकपा एमालेको महासचिव रहेर पार्टी हाँकी सकेका माधव नेपाल ओलीको पहिलो निशानामा परेका हुन्।   नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । अब नेपाललाई सांसद पदबाटै हटाउने तयारी गरेका छन् । ओलीका विश्वासपात्र खगराज अधिकारीले यसको खुलासा गरेका हुन् । नेपालले ओलीको निर्णय अवैधानिक भन्दै समानान्तर कमिटी गठन गरेका छन् ।

     भीम रावललाई पनि  फेरि सांसद पदबाटै हटाउने तयारी भएको छ । ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट निलम्बन गरे । दुवैलाई सांसद पदबाट हटाउने तयारी भएको छ ।

    यसैगरी, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिव योगेश भट्टराई र गोकर्ण बिष्ट पनि कारबाही गरिने सूचीमा परेका छन् । उनीहरुमाथि छिट्टै कारबाहीको जानकारी आउने बुझिएको छ ।

    कारबाहीको सूचीमा भीम आचार्य, वेदुराम भुसाल, रघुजी पन्त, सोमप्रसाद पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्रीलगायत पनि छन् । उनीहरु नेपाल समूहमा सक्रिय छन् । सोम पाण्डे माधव नेपालका सम्धी हुन्।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १५:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij