Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

८‍‍‌.३ प्रतिशतले बढे विदेशी पर्यटक, कुन महिनामा कति आए ?

८‍‍‌.३ प्रतिशतले बढे विदेशी पर्यटक, कुन महिनामा कति आए ?


  • 1.9K
    Shares

    ८‍‍‌.३ प्रतिशतले बढे विदेशी पर्यटक,  कुन महिनामा कति आए ?
    images

    काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।

    सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन्।

    अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन्।

    फेब्रुअरी : ९७,४२६

    मार्च : १,२८,१६७

    अप्रिल : १,११,३७६

    मे : ९०,२११

    जुन : ७६,७३६

    जुलाई : ६४,५९९

    अगष्ट : ७२,७१९

    अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन ।

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - १२:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij