Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण


  • 1.4K
    Shares

    तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

    काठमाडौं । सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।

    यो प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले  बताएका छन् । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिएभने सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएका थिए ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन् ।

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १६:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij