२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । यस अघि प्रधानमन्त्री कार्यालय रहेको भवनमा बैशाख १ गतेदेखि गृहमन्त्रालय सर्ने भएको छ । वि.स.२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तत्कालिन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।
सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारवाही हुदै आएको थियो । डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ ।
अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो । हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्नुपर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij