Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रचण्डलाई अदालतले तगारो लगाईदिए पछि क-कसलाई भयो गाह्रो ? काजीले उग्र हुँदै खोले मुख 

प्रचण्डलाई अदालतले तगारो लगाईदिए पछि क-कसलाई भयो गाह्रो ? काजीले उग्र हुँदै खोले मुख 


  • 6.9K
    Shares

    प्रचण्डलाई अदालतले तगारो लगाईदिए पछि क-कसलाई भयो गाह्रो ? काजीले उग्र हुँदै खोले मुख 

    नेकपा (माओवादी) केन्द्रले एमाले-माओवादी ब्युँताउने फैसलामाथि गरेको पुनरावलोकन स्वीकार नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति असहमति जनाएको छ ।

    सर्वोच्चको फैसलाप्रति प्रतिक्रिया जनाउँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको समेत आरोप लाएका छन् । माओवादी केन्द्र ठुलो आश र भरोशाका साथ् अदालत पुगेको थियो। झलनाथ खनाल र माधव नेपालको सल्लाहमा अदालत गएको प्रचण्डले बताएका थिए। 

    ‘सर्वोच्च अदालतले २०७७/११/२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो,’ श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ, जागौं ।’

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वोच्च गएका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले आज त्यसमा निर्णय सुनाउँदै पुनरावलोकन नगर्ने आदेश दिएको ह। यस अघि संसद पुनर्स्थापना गर्ने अदालतको आदेशको प्रचण्डले खुलेर प्रसंशा गरेका थिए।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १७:१०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij