Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ओलीले खोपीको ढुङ्गो बनाउने लक्षण देखाएपछि माधव नेपालले अताल्लिएर डाके बैठक

ओलीले खोपीको ढुङ्गो बनाउने लक्षण देखाएपछि माधव नेपालले अताल्लिएर डाके बैठक


  • 8.0K
    Shares

    ओलीले खोपीको ढुङ्गो बनाउने लक्षण देखाएपछि माधव नेपालले अताल्लिएर डाके बैठक

    काठमाडौँ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफ्ना एकपछि अर्का नेतालाई कारबाही हुन थालेपछि त्यसको समीक्षा र आगामी रणनीति निर्माणका लागि नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।

    शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा बैङ्केटमा बैठक बस्न लागेको हो। यसअघि ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपपछि यो पक्षको स्थायी कमिटी बैठक सोही स्थानमा बसेको थियो ।

    बिहीबार ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको निलम्बन गर्ने निर्णय गरेका छन् ।

    उनीहरुले पार्टी पार्टी विधान विपरीत काम गरेको आरोप ओलीले लगाएका छन् । स्रोतका अनुसार शुक्रबारको बैठकमा ओलीका कदम र आफ्ना आगामी बाटोहरुबारे नेताहरुले छलफल गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij