२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरवलोकनका लागि दिएको निवेदनलाई निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरे संगै प्रचण्डको आशाको त्यान्द्रो सधैका लागि छिनेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले प्रचण्डको निवेदनलाई पुनरवलोकनका लागि अनुमति दिन अस्वीकार गरे संगै प्रचण्डको आश निराशामा परिणत भएको हो।
'यस अदालतको संयुक्त इजलासबाट मिति २०७७/११/२३ गते भएको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ (२) को खण्ड (ख) बमोजिमको अवस्था विद्यमान रहेको नदेखिँदा पुनरवलोकनको अनुमति प्रदान गर्न मिलेन । कानूनबमोजिम गर्नु,' सर्वोच्चको आदेशमा भनिएको छ ।
सर्वोच्च अदालतले फागुन २३ गते फैसला गर्दै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपाको दर्ता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij