Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

अमेरिकी राष्ट्रपति चुनाव

राष्ट्रपतिमा निर्वाचित भए मस्कलाई मन्त्री बनाउने ट्रम्पको आश्वासन, एलनले भने– ‘म इच्छुक छु’

राष्ट्रपतिमा निर्वाचित भए मस्कलाई मन्त्री बनाउने ट्रम्पको आश्वासन, एलनले भने– ‘म इच्छुक छु’


  • 3.2K
    Shares

    राष्ट्रपतिमा निर्वाचित भए मस्कलाई मन्त्री बनाउने ट्रम्पको आश्वासन, एलनले भने– ‘म इच्छुक छु’

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । 

    समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् । 

    ट्रम्पको भनाइपछि मस्कले एक्समा आफू सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीमा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् । 

    टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो । 

    प्रकाशित मिति :भाद्र ४ २०८१ मंगलवार - १४:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij