Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

गिरीको दोस्रो स्मृति दिवस

एमाले–माओवादी सत्तापलट पश्चात् बोली बारेका देउवा र प्रचण्ड एउटै मञ्चका अतिथि, संयुक्त सम्बोधन गर्दै 

एमाले–माओवादी सत्तापलट पश्चात् बोली बारेका देउवा र प्रचण्ड एउटै मञ्चका अतिथि, संयुक्त सम्बोधन गर्दै 


  • 6.3K
    Shares

    एमाले–माओवादी सत्तापलट पश्चात् बोली बारेका देउवा र प्रचण्ड एउटै मञ्चका अतिथि, संयुक्त सम्बोधन गर्दै 
    images

    काठमाडौं । कांग्रेस–एमाले सत्ता गठबन्धनको ४७ दिन पश्चात् देउवा र प्रचण्ड एउटै मञ्चका अतिथि हुने भएका छन् । 

    कांग्रेसका पूर्वनेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको कार्यक्रममा सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चका अतिथि हुने भएका हुन् । 

    उनीहरूलाई स्कुल अफ डेमोक्रसीले एउटै मञ्चमा ल्याउन लागेको हो । देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि आज (मंगलबार) एउटै मञ्चमा देखिँदैछन् ।

    यो पनि पढ्नुहोस्  :

    देउवा र प्रचण्डबीच संसद्को फ्लोरमा जम्काभेट : दुवैले आपसमा हेर्नसम्म चाहेनन्, तर्किएर हिँडे

    कार्यक्रम आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदैछ । कार्यक्रममा प्रमुख अतिथि देउवा सहभागी हुने छन् भने विशिष्ट अतिथि प्रचण्ड, नेपाल, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, कांग्रेसका नेता डा.शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुरलाई बोलाइएको छ ।

    देउवा, प्रचण्ड र माधव नेपाल एमाले–माओवादी सत्ता गठबन्धन फेरबदल भई कांग्रेस–एमालेबीच सत्ता सहकार्य पश्चात् पहिलो पटक एउटै सार्वजनिक मञ्चमा देखिँदैछन् । 

    देउवा–ओली मिलेर संयुक्त सरकार गठन गरे पश्चात् देउवा र प्रचण्डले हालसम्म टेलिफोन संवादसमेत नगरेको स्रोत बताउँछ । तथापि आज एउटै मञ्चबाट उनीहरूले संयुक्त रूपमा सम्बोधन गर्दैछन् । 

     

    प्रकाशित मिति :भाद्र ४ २०८१ मंगलवार - ११:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij