२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । केहीबेर अघि बसेको संसद् बैठकमा टीआरसी विधेयकबारे शीर्ष नेताहरूबीच छलफल जारी छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन् ।
संसद् बैठकको आरम्भममा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । त्यसपछि कांग्रेस सभापति देउवाले सम्बोधन सकाएर आफ्नो आसनमा फर्किन संसद्को बीच फ्लोरमा पुगेकै बेला प्रतिपक्षीको आसनबाट उठेर प्रचण्ड हिँडिसकेका थिए ।
यसैक्रममा संसद्को बिच फ्लोरमै देउवा र प्रचण्डको जम्काभेट भएको थियो । भेटमा उनीहरू दुवै जना तर्किएर हिँडे भने एकआपसमा बोल्न त के हेर्नसम्म चाहेनन् ।
आसार १७ मा कांग्रेस–एमालेले सत्ता गठबन्धनका लागि सहमति गरेपछि एमाले–माओवादीको गठबन्धन तोडिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij