Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरा पुगेर नेपालले काउन्टर दिएपछि ओलीले पाण्डे र भुषाल माथि बर्साए डण्डा, दुवै ६ महिना निलम्बित 

पोखरा पुगेर नेपालले काउन्टर दिएपछि ओलीले पाण्डे र भुषाल माथि बर्साए डण्डा, दुवै ६ महिना निलम्बित 


  • 6.9K
    Shares

    पोखरा पुगेर नेपालले काउन्टर दिएपछि ओलीले पाण्डे र भुषाल माथि बर्साए डण्डा, दुवै ६ महिना निलम्बित 

    एमालेका बरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेको तीन दिन नबित्दै नेकपा एमालेले नेताद्वय  सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।

    नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

    पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । श्रोतका अनुसार माधव नेपालको असली कारिन्दा भएको भन्दै ओलीले पाण्डे र भुसाललाई कारबाही गरेका हुन्। माधव नेपालले आजै पोखरा पुगेर समानान्तर जिल्ला कमिटी घोषणा गरेका छन्। 

    फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

    अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । ओली माधव नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्य बाट हटाउने अन्तिम तयारीमा छन्।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १३:०७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij