Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ओलीले निलम्बन गरेपछि झन् उग्र बनेका माधव नेपालले पोखरा पुगेर ओलीलाई हाने छिर्के 

ओलीले निलम्बन गरेपछि झन् उग्र बनेका माधव नेपालले पोखरा पुगेर ओलीलाई हाने छिर्के 


  • 7.7K
    Shares

    ओलीले निलम्बन गरेपछि झन् उग्र बनेका माधव नेपालले पोखरा पुगेर ओलीलाई हाने छिर्के 
    images

    काठमाडौं । नेकपा एमाले (माधव नेपाल-झलनाथ खनाल) पक्षले कास्कीमा पार्टीको समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

    नेता नेपाल र गण्डकी प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डेको उपस्थितिमा धनराज आचार्यको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको नेपालपक्षीय नेता चूडामणि जंगलीले जानकारी दिए ।

    धनराज पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीका सहपाठी एवं रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । रवीन्द्रपत्नी विद्या भट्टराई प्रतिनिधि सभाको उपचुनावमा उम्मेदवार बन्दा आचार्य उनको चुनावी कमाण्डर थिए । 

    सांसद भट्टराई भने अहिले ओली पक्षमा खुलेकी छन् । ७५ सदस्यीय जिल्ला कमिटीको सचिवमा होमबहादुर नेपाली चयन भएका छन् ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल पक्षले जिल्ला तहमा पहिलोपटक समानान्तर कमिटी गठन गरेको हो ।

    ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं,’ उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरुसँग सिटको तालमेल गर्छौं, सबैलाई मिलाएर लान्छौं ।’ यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।

    ८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’

    यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए । केपी ओली पनि सुध्रिउन् भनिरहेको भन्दै उनले भने, ‘केपी ओली तयार छन् ? छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।’

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १२:३४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij