Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डको पुनरावलोकन निवेदनको सुनुवाईका लागि प्रधानन्यायाधीशसहितको इजलास

प्रचण्डको पुनरावलोकन निवेदनको सुनुवाईका लागि प्रधानन्यायाधीशसहितको इजलास


  • 9.0K
    Shares

    प्रचण्डको पुनरावलोकन निवेदनको सुनुवाईका लागि प्रधानन्यायाधीशसहितको इजलास

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनको सुनुवाइ आज (बिहीबार) हुँदैछ । 

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूहितको पूर्ण इजलास बनाएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना पनि छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।

    एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

    एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १०:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij