२०८२ फाल्गुण २२ गते शुक्रवार
शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन्। मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्द गरेको मिडिया रिपोर्टमा दाबी गरिएको छ।
त्यस्तै हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्वजनिक भएपछि बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ।
ढाका ट्रीबुनले ढाकास्थित अमेरिकी दूतावासले हसिनाको भिसा बारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ। दूतावासले कुनै पनि व्यक्तिको भिसा बारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ। तर विभिन्न मिडियाले आफ्ना स्रोतहरूलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्द गरेको उल्लेख गरेका छन्।
बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ। तर मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानुनी प्रक्रिया भइरहेको दाबी गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij