Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


  • 9.9K
    Shares

    प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिने छ । यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

    सरकारले बिजनेश नदिएपछि संसद बैठक औपचारिकतामै सीमित हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले भेटेर संसद सुचारु गर्ने सम्बन्धमा छलफल गरे पनि सही जवाफ भने पाएका छैनन् । 

    ओलीले यो अधिवेशन सकाएर बजेट अधिवेशन शुरु गर्ने तयारी थालेको बुझिएको छ । बुधबार विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ । विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १०:५४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij